NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

ओलीले बोलाए स्थायी समितिको आकष्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बुधबारका लागि स्थायी समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलासँगै विकास भएको राजनीतिक घटनाक्रममा नयाँ रणनीति बनाउन ओलीले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएका हुन् । बैठक बुधबार बिहान बालुवाटारमा बोलाइको हो । बैठकले सर्वोच्चको फैसलापछि उत्पन्न भएको राजनीतिक घटनालाई कसरी सामना गर्ने भन्ने विषयमा निर्णय लिने जानकारी स्थायी समितिका एक सदस्यले दिए ।

ताजा अपडेट

नेपालवाच विशेष