नयाँ सरकार बन्न नसके ताजा निर्वाचन : पूर्वमन्त्री बस्नेत

नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको बैठकमा उनले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गरे। ‘सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार बन्ने अवस्था नभए पुनः निर्वाचनको मिति तय गर्दै ताजा जनादेशमा जान्छ र तेस्रो, नेकपाकै एक समूहले आत्मघाती कदम चाल्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न सक्नेछन्।’ पूर्वमन्त्री बस्नेतले कुर्सी र सत्ता स्वार्थका लागि मात्र केही नेताहरु प्रयोग भएकाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशमार्फत मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन खोजेपनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिँदा राजनीतिक सङ्कट आएको बताए।
प्रतिक्रिया