NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

भट्टराई भन्छन्- टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यष बाबुराम भट्टराईले नयॉ राष्ट्रिय सहमतिको आह्वान गरेका छन्। उपचारका क्रममा दिल्लीमा रहेका भट्टराईले ट्वीट गर्दै सर्वाेच्च अदालतपछि राजनीति पुनः दल, नेताको कोर्टमा पुगेको बताएका हुन्। टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने उनले बताएका छन्। उनले लेखेका छन्, ‘सुप्रिम कोर्टपछि राजनीति पुन:दल, नेताको कोर्टमा पुगेकोछ। घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ। टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ। देशको आवश्यकता र जनताको चाहना दल, नेताले पाठ सिकून नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है! चेतना भया!

ताजा अपडेट

नेपालवाच विशेष