NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

रणनीति तय गर्न कांग्रेसले डाक्यो पदाधिकारी बैठक

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि नेकपा प्रचण्ड नेपाल समूह नयाँ सरकारको जोडघटाउमा लागेका बेला कांग्रेसले रणनीति तय गर्न बिहीबार पदाधिकारी बैठक बोलाएको हो। सभापति शेरबहादुर देउवाको निवासमा अपराह्न ३ बजे पदाधिकारी बैठक बस्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। सर्वाेच्चको फैसलासँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवालाई भेटन बुधबार बुढानिलकण्ठ पुगेका थिए। तर, देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीमा छलफल गर्ने जवाफ फर्काएका थिए।

ताजा अपडेट

नेपालवाच विशेष