दौडधूपमा प्रचण्ड समूह : कांग्रेसपछि जसपा नेतालाई मनाउने प्रयासमा

काठमाडौं । प्रनिनिधिसभा पुनस्थापना भएपछि नेकपाको प्रचण्ड–माधव नेपाल समूह कांग्रेस र जसपालाई मनाउने अभियानमा लागेका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका प्रचण्ड र नेता माधव नेपालले बिहीबार जसपाका नेताहरुसँग भेट गरे । भेटमा मिलेर जानुपर्ने प्रस्ताव प्रचण्डले गरेको जसपाका नेता राजेन्द्र महताले जानकारी दिए । प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महतोले केपी ओलीको प्रतिगमन तत्काललाई सच्चिए पनि संविधान बनाउँदादेखिको आफूहरुको चासोको विषय उठाएका थिए । अदालतले गत मंगलबार १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएपछि अब नेकपाकै एक पक्ष सम्भावित राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनबारे छलफलमा जुटेको हो । बुधबार प्रचण्ड समूहले देउवासँग पनि सरकारमा मिलेर जाने प्रस्ताव गरेका थिए । तर, देउवाले नेकपाको एउटै संसदीय दल रहिररहेको भन्दै पहिले नेकपाको टुंगो लागेपछि कांग्रेसले पनि आन्तरिक छलफल गरेर टुंगो दिने बताएका थिए । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल लगाउतका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका हुन् । संसदमा जसपा तेस्रो ठूलो दल हो । उसका ३४ सांसद छन् । नेकपा ओली र प्रचण्ड समूहमा फुटे कांग्रेस र जसपाले सरकार बनाउने पक्षलाई साथ दिनुपर्ने अवस्था छ । यसैले प्रचण्ड समूह दौडधूपमा लागेको हो ।
प्रतिक्रिया