कांग्रेसले संसद बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेकपाको आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने भएकाे छ। सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिP. कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ताव आएको छ नि भन्ने प्रश्न pgले अहिले त्यसको कुनै अर्थ नरहेको जवाफ दिP. सर्वाेच्च अदालतले d+unaf/ प्रतिनिधिसभा विघट्न सम्बन्धमा परेका विभिन्न रिटको सुनवाइ गर्दै पुनःस्थापना गर्ने फैसला गरेपछि नयाँ राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो।
प्रतिक्रिया