NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

घाइते बोकेको जीप दुर्घटना : एकको मृत्यु, चार घाइते

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। रुखबाट लडेर घाइते भएकालाई उपचारका लागि पोखरा लग्दै गरेको ग१ज ६७८८ नम्बरको जीप म्याग्दी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईका अनुसार दुर्घटनामा मालिका–३ का ६२ वर्षी वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ। यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष