NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

महिला लघुवित्तको आइपिओ ३७ हजार ५ सय आवेदकलाई मात्र, झन्डै १५ लाखकाे हात खाली

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आइपिओ ३७ हजार आवेदकले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपिओ शुक्रबार कम्पनीको कार्यालयमा बाँडफाँट गरिएको हो। १४ लाख ९९ हजार आवेदकको हात खाली भएको छ। कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द थियो। १५ लाख ३६ हजार ६ सय ८२ योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । लघुवित्तले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो। सर्वसाधारणका लाख ३ लाख ७५ हजार कित्ता बिक्री गरिएको हो।

ताजा अपडेट

नेपालवाच विशेष