कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको छ । बिहीबार राती जोशीको शरिरको देब्रे भागमा समस्या देखिएपछि तत्काल नै उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर, बिहान उनको थप उपचारको लागि वीरबाट नर्भिक अस्पताल पुर्याइएको छ । मस्तिष्कमा रगत जमेपछि अस्पतालमा उनको अप्रेसनको तयारी गरिएको छ ।
प्रतिक्रिया