NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

एकैचोटी ५२ सिडिओको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले एकैपटक ५२ प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। शुक्रबार मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत् सिडिओ र सहायक सिडिओको सरुवा गरेको हो । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले ५२ सहसचिव तथा उपसचिवको सरुवा, काजसरुवा र पदस्थापन गर्ने निर्णय गरेका हुन् । सरुवा भएकामध्ये २५ जना सहसचिव र बाँकी २७ उपसचिव छन् । सरुवा भएकामध्ये अधिकांशलाई अन्तर जिल्ला सरुवा गरिएको छ, केहीलाई मन्त्रालय अन्तर्गतका कार्यालयमा काज र केहीलाई पदस्थापन गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष