मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ : परिस्थिति बदलिए पनि हामी अनुकूल छ, चिन्ता नगर्नुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर सरकारको काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले नयाँ राजनीतिक परिस्थिति सिर्जना भएपनि आफूहरूलाई असहज नभएको बताएका छन् । मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा भने, ‘परिस्थिति नयाँ बनेपनि हामीलाई काम गर्न अप्ठ्यारो छैन। सरकारको कामलाई थप प्रभावकारी बनाउनुस् ।’ प्रधानमन्त्री ओलीले संसदमा समेत आफूहरू सुविधाजनक अवस्थामा रहेको मन्त्रीहरूलाई बिफ्रिङमा भनेका छन् ।
प्रतिक्रिया