NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडाैँ । सरकारले फागुन २३ गते संसद वैठक बोलाउन सिफारिस गरेको छ । प्रतिनिधिसभा विघटन बदर गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र अधिवेशन आह्वान गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो । सर्वोच्च अदालतको त्यही आदेश अनुसार सरकारले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो । अब बस्ने संसदकाे पहिलाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविस्वासकाे प्रस्ताव दर्ता गर्ने दलहरुकाे तयारी छ । तर नेकपा विभाजन हुन नसकेकाे र कांग्रेसले स्पष्ट राजनितिक लाइन तय नगरेकाले अन्याैल देखिएकाे छ । अब बस्ने संसद बैठकमा केपी शर्मा ओली विरुद्ध अविस्वासकाे प्रस्ताव दर्ता भयाे र उक्त प्रस्ताव असफल भयाे भने थप एक बर्ष प्रधानमन्त्री विरूद्ध अविस्वास लैजाने पाइदैन ।

ताजा अपडेट

नेपालवाच विशेष