माधव नेपाल पक्षले प्रदेश कमिटीमा राखेपछि दुई नेताको आपत्ति
काठमाडौं । समानान्तर कमिटी गठन गर्दा एमाले झन् कमजोर हुने भन्दै दुई नेताले माधव नेपाल पक्षको वागमती प्रदेश कमिटीमा बस्न अस्वीकार गरेका छन् । विज्ञप्ति जारी गर्दै डा. रामकुमार अधिकारी र धनबहादुर घलेले आफूहरुलाई समानान्तर कमिटीमा राखिएको भन्दै बस्न अस्वीकार गरेका हुन् ।डा. अधिकारी वागमती प्रदेशसभा सदस्य हुन् । घल दोस्रो संविधानसभामा सदस्य रहेका थिए । अधिकारी भने २०७४ को प्रदेशसभा निर्वाचनमा निर्वाचित सांसद हुन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी एकता जोगाउनुपर्नेमा समानान्तर कमिटी गठन गर्दा पार्टी कमजोर हुने बताएका छन् । एमालेलाई कमजोर बनाउने प्रयास भएको भन्दै उनीहरुले आपत्ति नै जनाएका छन् । यस्तो छ उनीहरुको विज्ञप्ति
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया