प्रदुषण नियन्त्रण गर्न प्रभावकारी कदम चाल : विवेकशील साझा
काठमाडौं । विवेकशील साझा पार्टीले स्वस्थ स्वच्छ वातावरणमा बाँच्च पाउने नागरिकको संवैधानिक हक सुनिश्चित गर्न माग गरेको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण उच्च भई अत्यन्त घातक अवस्थामा पुग्दासमेत सरकारले प्रदुषण नियन्त्रणमा तत्परता नदेखाएको उनीहरुको आरोप छ । ‘काठमाण्डौ विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाउनुले थप चिन्ता बढाएको’ विवेकशीलका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपालको संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेको सरकारलाई विवेकशील साझा पार्टी स्मरण गराउँदछ।’ वर्षा र पश्चिमी वायुको गति हाम्रो अधीनमा नरहे पनि हालको प्रदूषणका प्रमुख कारक देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ(धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु अत्यन्त जरुरी रहेको दलको भनाई छ । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन विवेकशील साझा पार्टीले आग्रह गरेको छ । डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गरिआएको हेलिकप्टरबाट रसायन छर्किनेसहितका प्रविधिको उपयोगबारे पनि तत्काल तयारी अघि बढाउन विवेकशीलले माग गरेको छ । त्यसै गरी धुवाँ धुलो नियन्त्रणका लागि केही समय सवारी साधन संचालनमा जोरबिजोर प्रणाली लागू गर्ने, सम्भव भएसम्म घरबाट काम गर्न प्रेरित गर्ने, आवश्यक परे प्रदूषण गर्ने उद्योग कलकारखाना केही समय बन्द गर्ने लगायतका उपाय लगाउन पनि माग गरेको छ । अहिलेको समस्या वातावरणीय मात्रै नभई यसले जनस्वास्थ्यमाथि पनि ठूलो संकट ल्याउन सक्ने भएकाले न्यूनीकरणका लागि हरेक नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नु जरुरी रहेको उसको भनाई छ । ‘फोहोर तथा अन्य बस्तु नजलाउने, अत्यावश्यक नपरी घरबाट ननिस्कने र निस्कनै परे सकभर सार्वजनिक यातायात प्रयोग गर्ने, खुला स्थानमा धूम्रपान नगर्ने, डढेलो जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने जस्ता कार्य नागरिक स्तरबाट गरिनुपर्छ’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रदूषणको समस्या अहिले अत्यन्त ठुलो देखिए पनि यो दीर्घकालीन समस्या भएकाले हाम्रा नीति र कार्ययोजना त्यसै अनुरूप प्रभावकारी हुनु जरुरी छ। डढेलो नियन्त्रण रणनीतिको प्रभावकारी कार्यान्वयन, भौतिक विकास र पर्यावरण संरक्षणबिचको उचित सन्तुलन, खाना पकाउने विद्युतीय उपकरण र विद्युतीय सवारी साधनको प्रयोगलाई व्यापक प्रवर्द्धन गरिनुपर्दछ।’
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया