संसद्को समितिले उठायो बाल संगठनका पदाधिकारीमा सदाचारिताको प्रश्न
काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको देशभरी रहेका पदाधिकारीहरुको सदाचारितामा प्रश्न उठाएको छ । संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बालसङ्गठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि सङ्गठनको पदाधिकारीको सदाचारितामा खोट देखाएको हो । समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल सङ्गठनको केन्द्रदेखि जिल्ला स्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिंदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैसँग चल अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ । बुधबार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताइन् । समितिले पास गरेको प्रतिवेदनमा मुख्यगरि बालसङ्गठनको चल अचल सम्पत्तिको तथ्याङ्क राख्ने, दुराशयपुर्ण सम्झौताहरुलाई पुर्नमुल्याङ्कन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिएको छ । यस्तै प्रतिवेदनमा बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया