माओवादीद्वारा संसद् बैठक अवरोध
काठमाडौं । आफूहरुले उठाएको प्रश्नमा चित्तबुझ्दो जवाफ नआएको भन्दै माओवादी केन्द्रले वागमती प्रदेशसभा बैठक अवरोध गरेको छ । मंगलबार पनि माओवादीले प्रदेश सरकारको वैधानिकतामा नै प्रश्न उठेको भन्दै विद्युतीय बस खरिद, बजेटको बाँडफाँड तथा नीति तथा कार्यक्रमको विषयमा प्रश्न उठाएर बैठक अवरुद्ध गरेको थियो । माओवादीले उठाउँदै आएको प्रश्नको जवाफ मुख्यमन्त्री डोरमणि पौडेलले दिएका थिए । तर उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै माओवादीले बैठकमा अवराेध गर्याे । पौडेलले अविश्वासको प्रस्ताव, नीति तथा कार्यक्रमसहितका विषयमा जवाफ दिएका थिए । तर, उनको जवाफमा चित्तबुझ्दो नभएको भन्दै माओवादीले बैठक अवरुद्ध गरेको जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया