आज पहाडी भुभागका केही स्थानमा वर्षाकाे सम्भावना
आइतबार मुलुकका पहाडी भुभागका केही स्थानमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीयसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले केही स्थानमा हल्का वर्षा हुन सक्नेछ। ‘पहाडी भुभागका एक-दुई स्थानमा अपरान् पछि मेघगर्जन,चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आइतबार बिहान जारी गरेकाे बुलेटिनमा भनिएकाे छ। राति भने पहाडी भुभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार साेमबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया