सिराहामा गोली प्रहारबाट व्यवसायीको हत्या, दुई जना पक्राउ
सिराहाकाे लहान नगरपालिका-२३ वरियार चोकमा गोली प्रहारबाट एक सुनचाँदी व्यवसायीको हत्या भएको छ। गए राति गोली प्रहारबाट प्रदीप मिजारको हत्या भएको प्रहरीले जानकारी दिएकाे छ। उनकी श्रीमती घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले गोली र खुकुरी प्रहारबाट मिजारको हत्या भएको पुष्टि गरे। गम्भीर घाइते मिजारलाई उपचारका लागि सप्तऋषी अस्पतालमा लगिएको थियो। तर, आइतबार बिहान साढे चार बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मिजारकी श्रीमती अनिता दुलालको सप्तऋषी अस्पतालमा उपचार भइरहेको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र लहान नगरपालिका–२३ का सूर्य सहनीलाईपक्राउ गरेको छ। मिजार सुनचाँदी व्यवसायी हुन्। सो समूहले सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया