सत्ता समीकरणबारे निर्णय गर्न जसपा नेताहरु छलफलमा
काठमाडौं । सत्ता समीकरणबारे औपचारिक निर्णय गर्नका लागि जनता समाजवादी पार्टीका पदाधिकारीबीच छलफल सुरु भएको छ । कांग्रेसले राखेको सत्ता साझेदारीको प्रस्तावमाथि छलफल गरेर औपचारिक निर्णय लिइने जसपा कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए । कांग्रेसबाट सत्ता साझेदारीका निम्ति आएको औपचारिक प्रस्तावका विषयमा संस्थागत निर्णयका निम्ति अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ भेला भएका छन् । जसपाभित्र प्रधानमन्त्री केपी ओलीको विकल्पबारे दुई मत छ । अध्यक्ष महन्थ ठाकुर पक्ष ओलीको निरन्तरताको पक्षमा छन् भने उपेन्द्र यादव ओलीको विपक्षमा छन् । जसपाले रेशम चौधरीलाई रिहा, राजनीतिक मुद्दामा जेल परेका कैदीलाई छोड्ने र संविधान संशोधनलाई आफ्नो राजनीतिक प्रतिष्ठाको विषय बनाएको छ । ठाकुरको बुझाइमा यी माग ओलीबाहेक अरुले पूरा गर्न नसक्ने रहेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया