नेपाल पक्षद्वारा प्रदेश २ संसदीय दलका नेता मण्डललाई हटाएर शत्रुधन महतोलाई जिम्मेवारी
जनकपुर । नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ । आइतबार जनकपुरस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका सांसदहरुको महतोलाई नेता चयन गरेका हुन् । मण्डल एमालेको संस्थापन पक्षका हुन् । यस्तै बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ । ६ महिनापछि भोलि बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक गरेको हो। प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । जसमध्ये १३ सांसद नेपाल पक्षमा लागेका छन् । त्यस्तै महतोलाई संसदीय दलका नेता चयन गरिएको पत्र सभामुख सरोज कुमार यादवलाई बुझाएको सांसद प्रमोद यादवले जानकारी दिए । उनका अनुसार भोलिको प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलका नेताको भूमिका महतोले निर्वाह गर्ने छन् । माओवादी केन्द्र र नेकपा एमाले एकिकरण भएपछि पनि संसदीय दलका नेता मण्डल नै चयन भएका थिए । तर नेकपामा विवाद भएपछि माधव नेपाल र प्रचण्ड एक ठाउँमा उभिएको बेला महतोलाई संसदीय दलको नेता चयन गरिएको थियो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया