‘नेपालका कुनै पनि कारागार मानव अधिकारमैत्री छैनन्’ [भिडियाे अन्तर्वार्ता]
काठमाडौं। हाल देशभरका विभिन्न कारागारमा २५ हजारभन्दा बढी कैदीबन्दीहरू राखिएको छ। त्यसमध्ये झण्डै एक हजार दुई सय विदेशी छन्। तर, २५ हजारभन्दा बढी कैदीबन्दी राखिएको कारागार(जेल) भने यति भद्रगोल र अव्यवस्थित छन् कि त्यहाँ सामान्य स्वास्थ्य अवस्थाका कैदीबन्दीलेसमेत निकै सकस व्यहोर्नुपर्ने अवस्था छ। कारागार तथा कैदीबन्दीहरूको अवस्थाबारे अनुगमन गरिरहेको राष्ट्रिय मानवअधिकार आयोगका अनुसार नेपालका कुनै पनि जेल मानवअधिकारमैत्री छैनन्। नेपालको कारागार र कैदीबन्दीको अवस्थाबार नेपालवाचसँग कुरा गर्दै आयोगकी उप–सचिव मञ्जु खतिवडा नेपालका कुनै पनि कारागार मानव अधिकारमैत्री नभएको दाबी गर्छिन्। भौतिक संरचना कमजोर हुनुका साथै कारागारमा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता पनि परिपूर्ति हुन नसकेको उनको भनाइ छ। ‘कैदीबन्दी पनि नागरिक नै हुुन्, उनीहरूले पनि अरुले जस्तै स्वास्थ्यको अधिकार उपभोग गर्न पाउने अधिकार हुन्छ । तर, कारागारमा उक्त अधिकार पाइएको देखिँदैन’, उनले भनिन्। यसका साथै कारागारमा शौचालयको समस्या विकराल बन्दै गएको उनको भनाइ छ। कतिपय स्थानमा कैद भुक्तान गरिसकेका व्यक्तिहरू पनि अझै कारागारमै रहेको बताउने उनीसँग नेपालवाचका सुवास भट्ट र शालिक भट्टले गरेको भिडियो संवाद : https://www.youtube.com/watch?v=NrM3EZSP_18
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया