संसदीय समितिमा हेरफेर, सुनुवाइ समिति भने यथावत
काठमाडौं । संसदीय समितिहरुमा हेरफेर भएको छ । संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको सभामुख अग्नि सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा जानकारी दिए । सभामुखले बैठकमा पेस गरेको नाम अुनमोदनसमेत भएको छ । २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमाले संसदको सबैभन्दा ठूलो दल बनेपछि त्यसलाई स्वीकार गर्दै समितिमा हेरफेर गरिएको हो । संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिमा भने सरकारको नेतृत्व गरिरहेको एमालेको आग्रहअनुसार फेरबदल हुन सकेन । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभाममुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको जानकारी दिएका हुन् । सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयले नेकपा दुई दलमा विभाजित भएपछि सत्तारुढ नेकपा एमालेले संसद्मा दलीय प्रतिनिधित्वका आधारमा समिति पुनर्गठन गर्नुपर्ने माग गरेको थियो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले विभिन्न समितिमा रहने सदस्यहरूको नामावली सभामुखलाई बुझाएका थिए । कार्यव्यवस्था परामर्श समितिमा एमालेबाट खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराईलाई राखिएको छ । कार्यव्यवस्था परामर्श समितिमा रहेका एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरूलाई हटाएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका सांसदहरूलाई जिम्मेवारी दिइएको हो । घनश्याम भुसाललाई अर्थ समितिमा जिम्मेवारी दिइएको छ भने योगेश भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ ।अर्थ समितिमा प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकारसमेत रहेका सांसद मोतिलाल दुगडलाई एमालेले अर्थ समितिमा पठाउन सिफारिस गरेअनुसार भएको छ ।
ताजा अपडेट
-
बुधबार ललितपुरमा सार्वजनिक बिदा
-
कान्तिपुरका मालिक सिरोहिया कार्यकक्षबाटै पक्राउ
-
सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदै
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
प्रतिक्रिया