NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

कृषि कर्जा ३२ दशमलव ८९ प्रतिशतले बढ्याे

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाह हुने कर्जामा ३२ दशमलव ८९ प्रतिशतले थप वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चाल आर्थिक वर्षको ८ महीनासम्ममा उक्त दरमा कृषिकर्जा प्रवाह बढेको हो । लामो समय कोभिडका कारण समग्रमा कर्जा प्रवाहसमेत प्रभावित भए पनि अझै अपेक्षा गरेअनुसार कर्जा प्रवाह नभएको बैंकरहरू बताउँछन् । यद्यपि समग्रमा उक्त दरमा कृषिकर्जा विस्तार हुनु भनेको नेपाल राष्ट्र बैंकले तोकेको कुल कर्जा सीमालाई अहिले नै पूरा गर्न सकेको तथ्यांकले देखाउँछ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको उक्त दरले एकमुष्ठ कर्जा बढ्दा ६३ अर्ब ३० करोड थप कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा कृषि क्षेत्रअन्तर्गत २ खर्ब ५५ अर्ब ७९ करोड २० लाख बराबरको कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा प्रवाह १ खर्ब ९२ अर्ब ४८ करोड ६० लाख भएको थियो । चालू आवको ८ महिनामा कृषिमा प्रवाह भएको कुल कर्जामध्ये २ खर्ब २४ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूमार्फत भएको छ । यस्तै विकास बैंकमार्फत करीब २५ अर्ब ४८ करोड र वित्त कम्पनीहरूमार्फत ५ अर्ब ८९ करोड रुपैयाँको हाराहारीमा कृषिकर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष