भारतमा अहिलेसम्मकै संक्रमण दर उच्च, एकैदिन थपिए साढे दुई लाख
काठमाडौं । आक्रामक रुपमा संक्रमण बढ्दै गएको कोरोना भाइरसको नयाँ भेरियन्टले भारतलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । आइतबार एकैदिन भारतमा दुई लाख ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो संख्या भारतमा हालसम्मकै उच्च हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा दुई लाख ६१ हजार नयाँ संक्रमित फेला परेका छन् भने एक हजार पाँचसय एक जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १२ करोड २६ लाख भन्दा बढीलाई कोरोना भ्याक्सिन लगाइएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार कोरोना संक्रमणको दर अनियन्त्रित बन्दै गइरहेको छ । यतिमा मात्र होइन कोरोना महामारी सुरु भएदेखि हालसम्म एकैदिन सबैभन्दा बढीको मृत्यु भएको पनि पहिलोपटक हो । तथ्यांक अनुसार एक हजार पाँचसय एक जनाको मृत्यु भएको छ । यसअघि सबैभन्दा धेरै गत सेप्टेम्बर १५ मा एक हजार दुईसय ९० जनाको मृत्यु भएको थियो । यस्तो छ भारतको ताजा अवस्था जम्मा संक्रमित : १, ४७, ८८, १०९संक्रमणमुक्त : १, २८, ०९, ६४३सक्रिय संक्रमित : १८, ०१, १६मृतक : १, ७७, १५० भारतमा जारी राखिएको कोरोनाविरुद्धको भ्याक्सिन अभियानको कुरा गर्दा हालसम्म ११ करोड ९९ लाख ३७ हजार ६४१ जनालाई भ्याक्सिन लगाइएको छ । भारत सरकार र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धीत सबै प्रमुख संस्थानहरु लगातार परीक्षण, ट्रेसिङ, सर्भिलेन्स र उपचारमा लागिरहेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया