गोली प्रहारबाट शिक्षकको हत्या
ताप्लेजुङकाे मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा गाेली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। जालपादेवी आधारभूत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको बिहीबार साँझ हत्या भएको प्रहरीले जानकारी दिएकाे छ। गाेली प्रहार गरेकाे आराेपमा आकाश लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ राखिएको छ। घटनामा प्रयोग भएको भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले बताएको छ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया