गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण
पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको प्रदेशसभा सचिवालयले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएका तीनै जाना सांसद होम आइसोलेसनमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु पाण्डेले नेपालवाचलाई जानकारी दिए । कोरोना संक्रमित मर्यादा पालक पनि होम आइसोलेसनमै रहेको उनको भनाइ छ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको बेला संक्रमणको खबर सार्वजनिक भएको हो । प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । पीसीआर परीक्षणबिना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । अविश्वास प्रस्तावमा बिहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया