कलंकीमा खनाल–नेपाल समूहको बैठक सुरु
काठमाडौं । नेकपा एमालेका झलना खनाल–माधव नेपाल समूहको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न उक्त पक्षको बैठक कलंकीस्थित एक पार्टी प्यालेसमा सुरु भएको हो । बैठकमा उक्त समूहका अधिकांश स्थायी कमिटी सदस्यहरुको सहभागिता रहेको छ । बिहीबारदेखि निषेधाज्ञा सुरु भएकाले काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यहरुको सहभागितामा आजै बैठक बसेको हो । एमाभित्रको विवाद उत्कर्षमा पुगेपछि उनीहरुले देशभर समानान्तर कमिटी गठन अभियान थालेका छन् । समानान्तर कमिटी गठनदेखि प्रदेशमा फ्लो क्रससम्मका घटना भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् । नेपाललगायतका नेताहरुलाई ६ महिनाका लागि साधारण सदस्यबाटै निलम्बन गरिएको छ । सांसद पद नै खोस्ने ओलीको चेतावनीपछि उक्त चेतावनीविरुद्ध खनाल–नेपाल समूहका सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया