बुधबार थपिए ४,८९७ संक्रमित, उपत्यकामा मात्रै दुई हजार बढी
काठमाडौं । बुधबार नेपालमा चार हजार ८ सय ९७ जना कोरोनाभाइरस नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र बुधबार २ हजार ४७ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टीजेन परीक्षण भएको थियो । जसमा पीसीआर परीक्षण ४७ सय ७४ र एन्टीजेन परीक्षणमा १२३ जनालाई पोजेटिभ देखिएको हो । उपत्यकामा थपिएकामध्ये काठमाडौंमा १४ सय ६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया