हराएका सांसदको दुईथरी कोरोना रिपोर्ट, पोखरामा ‘उपचार हुँदै’
काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद खेमविक्रम शाहीको कोरोना परीक्षण रिपोर्ट दुईथरी आएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावलाई मतदानमा लैजानुअघि अनुपस्थित सांसद शाहीको सरकारी र निजी स्वास्थ्यसंस्थामा गरिएको कोरोना परीक्षणको रिपोर्ट दुईथरी देखिएको हो । पोखरास्थित लाइफ केयर डायग्नोस्टिकमा गरिएको उनको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ भने प्रदेश सरकारअन्तर्गतको गण्डकी स्वास्थ्य निर्देशनालयमा गरिएको परीक्षणमा नेगेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बिहान ७ बजे नै नेगेटिभ रिपोर्ट आएको थियो भने लाइफ केयर डायग्नोस्टिकमा गरिएको परीक्षणमा ७ बजेर ३० मिनेटमा आएको रिपोर्ट पोजेटिभ देखिएको थियो । दिउँसो मतदानको समयमा शाही अनुपस्थित रहेपछि गण्डकी प्रदेशको अंकगणितमा व्यापक हेरफेर आएको थियो । मोबाइलमा समेत सम्पर्क गर्न नसकिएका शाहीको अवस्था सार्वजनिक हुनुपर्ने भन्दै जनमोर्चाकी सांसदले निवेदन दिएपछि आजको प्रदेशसभा सूचना टाँस गरेर स्थगित भएको थियो। उनका स्वकीय सचिव मिलन हमालले उनी बिरामी भएकाले उपचारका क्रममा अस्पताल भर्ना भएकाले बाह्य सम्पर्क हुन नसकेको बताएका छन्। शाहीको पोखरास्थित नागढुंगामा रहेको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको बताइएको छ । तर, कोरोना परीक्षण रिपोर्ट नेगेटिभ र पोजेटिभ देखिएकाले उनी साँच्चिकै बिरामी नै परेका हुन भन्नेमा प्रदेश सांसदहरुले आशंका व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया