निषेधाज्ञामा थप कडाई, सरकारी कार्यालय एक चौथाई मात्र खोलिने
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर आक्रामक रुपमा फैलिँदै गएपछि निषेधाज्ञामा थप कडाई हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले निषेधाज्ञा जारी गरिएका जिल्लामा थप कडाई गर्ने निर्णय गरेको हो । यस्तै यसअघि १९ जिल्लामा निषेधाज्ञा जारी गरिएकोमा अब थप पाँच जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ । शुक्रबारको बैठकले निषेधाज्ञा लागू गरिएका जिल्लामा सबै सरकारी कार्यालय सञ्चालन नगरी एक चौथाइ मात्र खोल्ने निर्णय गरेको छ । सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन दिएको छ । यस्तै भारतसँगका ३५ मध्ये १३ वटा मात्रै नाका सञ्चालन गरी २२ वटा बन्द गर्ने पनि समितिले निर्णय गरेको छ ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया