कोरोना भयावह भैसक्यो, अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् प्रधानमन्त्रीज्यू : गगन थापा
काठमाडौं । कांग्रेस नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना महामारी भयावह बन्दै जाँदा सरकार एक्लैले यसको सामना गर्न नसक्ने बताएका छन् । सामाजिक संजालमा लेख्दै नेता थापाले स्वास्थ्य मन्त्रालयले हामी सक्दैनौं भनेर हात उठाए पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपर्नुलाई थापाले आपत्तिजनक भनेका छन् । ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ।तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ´ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ !’ थापाले भनेका छन्, ‘कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ।प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।’
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया