फुट्यो विप्लव समूह, पोलिटब्यूरो सदस्य धमालाद्वारा नयाँ पार्टी घोषणा
काठमाडौं । हिंसात्मक गतिविधि छाडेर केही समयअघि मात्रै मूल धारको राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ। विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको भन्दै नेकपा विभाजित भएको हो । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाले नयाँ ढंगले अघि बढ्ने भन्दै पार्टी फुटेको जानकारी दिएका छन् । पार्टी फुटेको घोषणा गर्दै उनले उनले नयाँ पार्टी गठन भइसकेको पनि जानकारी दिएका छन् । एक विज्ञप्ति जारी गर्दै धमला संयोजक रहेको नयाँ पार्टीको नाम ‘जन समाजवादी मञ्च, नेपाल’ रहेको बताइएको छ । ‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं। तीनै नेतृत्वले आफुलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ,’ धमलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ५१ सदस्यीय नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया