निषेधाज्ञा कडाई गर्न काठमाडौंका सिडियो आफैं निस्किए अनुगमनमा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञालाई थप कडाई गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि निषेधाज्ञा कार्यान्वयनका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी आफैं अनुगमनमा निस्किएका छन् । शनिबार बिहानैदेखि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली सुरक्षाकर्मीका साथमा अनगुमनमा निस्किएका हुन् । सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसाथ पराजुली अनुगमनमा निस्केका हुन् । अनुगमन साथै टोली अस्पताल तथा खाली भवनहरूको खोजीमा लागेको छ। कम्तीमा एक हजार बेडको अक्सिजनसहितको आइसोलेसन बेड चाहिने भएकाले टोली खोजीमा लागेको हो । क्षेत्रपाटी, कालिकास्थान, वीर अस्पताललगायत ठाउँमा टोली पुगिसकेको छ। क्षेत्रपाटीको ५० बेडको अस्पताल बनाउन भवन भेटिएको प्रजिअ पराजुलीले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएको छ । त्यसका लागि ठाउँहरू खोजी भइहरेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया