कर्णालीमा २१४ संक्रमित थपिए, तीनको मृत्यु
सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको ३ सय २ जनाको पीसीआर परीक्षणमा २ सय १४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै सुर्खेतका १ सय ७२ जना रहेका छन् । यस्तै, दैलेखका २१, जुम्लाका ९, कालिकोटका ४, मुगुका १ र अन्य प्रदेशका ७ जनामध्ये बाँकेका ३, बर्दियाका २ तथा काठमाडौं र प्युठानका १–१ छन् । पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा गरिएको र्यापिड एन्टीजेन परीक्षणमा ४५ जनामा कोरोना पुष्टि छ । पुष्टि हुनेमा दैलेखका ११, जुम्ला र कालिकोटका १३–१३, डोल्पाका ६ र मुगुका २ जना रहेका छन् । यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कर्णालीमा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा सल्यानका दुई र सुर्खेतका एक जना छन् । कर्णालीमा दोस्रो लहरको कोरोना संक्रमणबाट मात्रै १६ जनाको मृत्यु भएको छ । यसअघि पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको निर्देशनालयको भनाई छ । कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ६ सय ३३ पुगेको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनमा बसेका १० जनाले कोरोना जितेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया