आजका ‘गुड न्युज’ : साउनपछि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार
काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । त्यस अवसरमा प्रधानमन्त्री केपी ओलीले गरेको एक घोषणाले पाठकमा सकारात्मक ऊर्जा प्रवाह गरायो आज । प्रधानमन्त्रीको घोषणा छ– श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ पु¥याउने । प्रधानमन्त्रीको घोषणा कार्यान्वयन हुँदा विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकको मासिक तलब एक हजार पाँच सय ५० रुपैयाँ बढ्नेछ । अर्थात्, हाल कायम १३ हजार चार सय ५० बाट १५ हजार रुपैयाँ पुग्नेछ । प्रधानमन्त्रीको घोषणाअनुसार नयाँ पारिश्रमिक १ साउनदेखि लागू हुनेछ । सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन् । ‘कामको सुरक्षा र थप रोजगारीको प्रयास सरकारको सदा हुनेछ,’ उनले सन्देशमा भनेका छन्, ‘नेपाली ट्रेड युनियन आन्दोलनले जनताको पीडालाई हेर्न पनि सिकाएको छ ।’ फ्रन्टलाइनरको आत्मबल बढाउन प्रजिअ नै सडकमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल बढाउन सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल आफैँ अनुगमनमा निस्केका छन् । बिहीबार फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गुनासा सुनेका उनी आफैँ सडकमा निस्केर उनीहरूको हौसला बढाउन लागिपरेका हुन् । ‘ड्युटीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी संक्रमित हुने क्रम बढेको छ, अहिलेकै अवस्था रहे आधारभूत शान्ति सुरक्षा दिन पनि मुस्किल हुनेछ,’ प्रजिअ रिजालले सञ्चारकर्मीहरूसँग भने, ‘सुरक्षाकर्मीको मनोबल उच्च बनाइराख्न र उनीहरूका समस्या र गुनासा सुन्न नाकादेखि शहरमा चोक–चोक पुगेर भेट्ने गरेको छु ।’ प्रजिअ रिजालले ड्युटीमा रहेका सुरक्षाकर्मीलाई मास्क, स्यानिटाइजर, पञ्जा र साबुन वितरण गर्ने गरेका छन् । सुरक्षाका आधारभूत मापदण्ड पालना गर्न सिकाउँछन् । र, ड्युटी तोकिएका स्थाननजिकका घरधनीसँग सुरक्षाकर्मीका लागि शौचालय, पानीलगायत व्यवस्था गरिदिन आग्रह गर्छन् । कोभिड–१९ बिरामीलाई निःशुल्क एम्बुलेन्स यो समाचार काठमाडौंकै हो । यसअघि गैरकोभिड बिरामीका लागि काठमाडौं महानगरपालिका र कोभिड बिरामीका लागि ‘नेपाल एम्बुलेन्स सेवा’ले सेवा उपलब्ध गराइरहेका छन् । यही मेसोमा थपिएका छन्, केही संस्था र अभियन्ता । विराज समाज, क्याप्टेन विजय लामा, सर्वेन्द्र खनाल, कर्णबहादुर शाही, डा. सुभास घिमिरे, सञ्जयराज अधिकारी, पर्यटन यातायात महासंघका अध्यक्ष रामहरि शर्मा, ज्ञानेन्द्र शाही, कलाकार निखिल उप्रेती, केदार घिमिरे, देवेन्द्र प्रधान, ओम समाज डेन्टल हस्पिटललगायत यसमा जोडिएका छन् । निःशुल्क प्राथमिक र आकस्मिक स्वास्थ्य सेवा, मुख तथा दन्त सेवाका लागि चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया