NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

टेकु अस्पतालले माग्यो आठ चिकित्सकसहित ३३ स्वास्थ्यकर्मी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ। कोभिड-१९ को दोस्रो लहर बढिरहेका बेला अस्पतालले महामारीसँग जुध्न आठ मेडिकल अधिकृतसहित ३३ स्वास्थ्यकर्मीका लागि मंगलबार विज्ञापन खोलेको हो। अस्पतालले २० स्टाफ नर्स, एकजना रेडियोग्राफर र चार जना अ‍ेल्थ असिस्टेन्ट मागेको हो। योग्य उम्मेदवारले २३ वैशाखभित्र आवेदन दिनुपर्नेछ।