NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भने भौतिक रुपमा सहभागी थिएनन् । कोरोना पोजेटिभ भएपछि उनले घरबाटै भर्चुअल माध्यमबाट बैठकमा उपस्थिति जनाएका थिए । निरौला अहिले होम आइसोलेशनमै बसेका छन् । ‘निषेधाज्ञामा कडाई नहुँदा झन् फैलिँदै गयो । अब २३ गतेदेखि झन् कडाईका साथ लागू हुनेछ’, उनले भने । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।