आज मध्यमदेखि भारी वर्षाकाे सम्भावना
बुधबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ। बुधबार दिउँसो देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश २ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ। बुधबार राति देशका केही स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना छ। बिहीबार गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी र बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया