सभामुख र सांसदको पिसिआर परीक्षण गरिँदै
२७ वैशाखबाट बजेट अधिवेशन सुरु हुने भएपछि सभामुख र सांसदहरुकाे पिसिआर परीक्षण गरिने भएकाे छ। सभामुखसहित सांसदको कोरोना परीक्षण बुधबार र बिहीबार हुने संघीय संसद् सचिवालयले जानकारी दिएकाे छ। नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि बेलुका ५ बजेसम्म पीसीआर परीक्षण हुनेछ। सचिवालयका अनुसार सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण गरिनेछ। यसैगरी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकसहितकाे काेराेना परीक्षण पनि हुनेछ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया