माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालायमा बुझाइँदै
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयमा बुझाउने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारबाट समर्थन फिर्ता लिएको औपचारिक निर्णय गरेको थियो । आज मध्यान्ह १२ बजे संसद् सचिवालयमा पत्र बुझाइने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । फागुन २३ मा सर्वोच्चको फैसलापछि अलग–अलग भएपछि माओवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाइएको थियो । तर, औपचारिक रुपमा सरकारबाट समर्थन फिर्ताको घोषणा भने गरेको थिएन । बैशाख २७ गते ओलीले विशेष अधिवेशनमार्फत विश्वासको मत लिने घोषणा गरेपछि माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारबाट औपचारिक रुपमा समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ५० सदस्य छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया