कर्णाली नदीमा टिपर खस्यो, दुईजना बेपत्ता
सुर्खेत । कर्णाली नदीमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन् । दाङको लमहीदेखि जुम्ला जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जना बेपत्ता भएका हुन् । मंगलबार राति दैलेखको आठविस नगरपालिका–४ खोटेसल्ला भन्ने स्थानबाट कर्णाली नदीमा खसेको हो । बा ५ ख २१८३ नम्बरको टिपरमा सवार चालक र सह–चालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ । दुबै जनाको नाम, ठेगाना खुलेको छैन । सिमेन्ट लिएर जाँदै गरेको टिपर कर्णाली राजमार्गबाट झन्डै १५० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक अनुपम श्रेष्ठले बेपत्ता हुनेको इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट खटिएको प्रहरी टोलीले खोजी कार्य गरिरहेको बताएका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया