विवाहमा १५ जन्ती र दुई गाडी लिन पाउने
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १५ जना जन्ती र २ वटा गाडी प्रयोग गर्न अनुमति दिएको छ । विवाहमा जानुअघि परिवारका सदस्यले प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ । प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति र २ वटा गाडीमा ब्यानर राखेर जिल्लाभित्र र वा अन्तर जिल्ला आवतजावत गर्न दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृत्यु संस्कारका लागि सवारी पास लिन मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस र परिचय खुल्ने कागजात चाहिने प्रशासन कार्यालयले जनाएको छ । बिरामी कुरुवालाई भने अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डको आधारमा आवतजावत गर्न दिने भएको छ । बिरामी भई काठमाडौं आउन वा बाहिर जान रिपोर्ट कार्ड वा भर्ना कार्ड चाहिनेछ । सुरक्षा गार्डहरुले परिचयपत्र देखाएर र पोशाक लगाएर हिँडडुल गर्न पाउनेछन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया