५६ जिल्लामा निषेधाज्ञा
नेपालमा काेराेना भाइरसकाे संक्रमणकाे चेन ब्रेक गर्ने भन्दै बाँकेबाट सुरु भएकाे निषेधाज्ञा जारी गर्ने क्रम ५६ जिल्लामा पुगेकाे छ। गृह मन्त्रालयका बिहीबार थप चार जिल्लामा निषेधाज्ञा लागू भएको हाे। बारा र सिराहामा पूर्ण निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा आंशिक निषेधाज्ञा कायम गरिएकाे छ। स्थानीय प्रशासनका अनुसार बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा निषेधाज्ञा सुरु भएको छ। सिन्धुपाल्चोकमा बनदेउदेखि तातोपानीसम्म, खाडीचौरदेखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको जिल्लाभित्र, बनदेउदेखि चौतारा हुँदै स्याउलेसम्म, जिरोकिलो हुँदै बाहुनेपाटी क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको हो । काठमाडाैं उपत्यका १६ वैशाखदेखि निषेधाज्ञामा छ। मन्त्रिपरिषद्को बैठकले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाे थियाे।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया