दाङको बेलझुन्डी कोरोना अस्पतालमा थप ४ संक्रमितको मृत्यु
दाङ । बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा बुधबार एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-९ का ६५ वर्षीय पुरुष, घोराही-१५ का ६५ वर्षीय पुरुष, घोराही-१८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका-४ का ४० वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चारै जना संक्रमितमा निमोनिया देखिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा १ सय शय्याको अस्पताल भए पनि अक्सिजन अभावमा ५७ जना मात्रै बिरामी राखिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया