बाँकेको भेरी अस्पतालमा थप १० संक्रमितको मृत्यु
काठमाडौं । बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् । उनीहरुको बुधबार राति र बिहीबार बिहान मृत्यु भएको हो । पछिल्लो पटक नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको बिहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भेरीमै नेपालगञ्ज-१० का ७८ वर्षीय पुरुषको गए राति १ः४० मा र सोही ठाउँ बस्ने ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुषको बुधबार राति १०ः२० बजे र नेपालगञ्ज-४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरीमै मृत्यु भएको बताइएको छ । भेरी नगरपालिका-४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरीमै उपचारको क्रममा मृत्यु भएको छ। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया