कोरोना संक्रमितको उपचारका लागि २० हजार बेड र १७ सय आईसीयू रहेको सरकारको दाबी
काठमाडौं । सबैतिर बेड र आईसीयू बेड अभावले कोरोना संक्रमित बिरामी छट्टपीरहेका बेला सरकारले भने २० हजार बेड, एक हजार सातसय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ सय १४ आईसीयू र ६९२ भेन्टिलेटर रहेको जनाएको छ । त्यस्तै ३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएको र ती अक्सिजन प्लान्टबाट दैनिक २५ सय ४९ सिलिन्डर भर्न सकिने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उधृत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । तीनवटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्यांक उपलब्ध भएको, स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि प्रयोग भइरहेको अक्सिजन सिलिन्डरको संख्या छ हजार २८८ रहेको र सामान्यतया दैनिक रुपमा अक्सिजन खपत १४११.५ लिटर रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया