एकैटोलमा ५८ को पीसीआर परीक्षण गर्दा ५८ मा संक्रमण पुष्टि
ताप्लेजुङ । ताप्लेजुङमा एकै टोलमा ५८ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । फुङलिङ बजारको तोक्मेक्षेत्रका एकै टोलका ४८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन् । योसहित फुङलिङ नगरपालिकामा सक्रिय संक्रमितको संख्या १ सय ६ पुगेको छ । परीक्षण गरिएका ८२ प्रतिशत बढीमा संक्रमण देखिएपछि स्थानीय त्रसित भएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तोक्मेका एक युवाको वैशाख १९ गते मृत्यु भएको थियो । उनको स्वाब भने परीक्षण गरिएको थिएन । छिमेकका परीक्षण गराएका सबैलाई कोरोना पुष्टि भएको खरेलको भनाइ छ । अब बजार क्षेत्रमा थप उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनले बताइन् । बजार क्षेत्रकै अन्य तीन जनाको भने कोरोनाकै करण मृत्यु भइसकेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया