अनियमितता आरोपमा नेपाल प्रहरीका दुई एसपी कारबाहीमा
काठमाडौं । आर्थिक अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी) र एक इन्सपेक्टर कारबाहीमा परेका छन् । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले गम्भीर प्रकृतीको विभागीय कारबाही गरेको हो । दुई एसपीको पाँच ग्रेड घटुवा गरिएको छ भने इन्सपेक्टरको चार ग्रेड घटुवा भएको छ । उनीहरु तिनै जना निलम्बनमा छन् । छानबिनका लागि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले गत मंसिरमा उनीहरुलाई निलम्बन गरेको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरुले अनियमितता गरेको पुष्टि भएपछि कारबाही गरिएको एक उच्च प्रहरी अधिकारीले बताए । कर्णाली प्रदेशमा हुँदा उनीहरुले आफ्नै मातहतका प्रहरीसँग पैसा उठाउने गरेका थिए । रेट नै तोकेर इन्चार्जमा सरुवा गर्ने गरेको छानबिनबाट पुष्टि भएको थिएपछि उनीहरुमाथि कारबाही भएको हो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया