राष्ट्रियसभा उपनिर्वाचन उम्मेदवारी आज
राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी मनोनयन दर्ताकाे कार्यतालिका छ। निर्वाचन आयोगका अनुसार वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनका लागि शुक्रबार बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो । थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहले संघीयताका जानकार खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, सत्तारुढ दल एमाले रामबहादुर थापालाई उम्मेदवार बनाउने तयारीमा छ । मतदान आगामी जेठ ६ गते हुनेछ। त्यसअघि वैशाख २९ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। एमालेले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गरेकाे छ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया