ईश्वर पोखरेल नेतृत्वको सीसीएमसी खारेज हुने, प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति बन्ने
काठमाडौं । सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएकाले सीसीएमसी खारेज हुने भएको हो । समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ । अघिल्लो बर्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सीसीएमसी गठन गरिएको थियो । ‘नयाँ अध्यादेशमार्फत छुट्टै खालको संरचना परिकल्पना गरिएको छ । त्यो प्रधानमन्त्रीकै अध्यक्षतामा बनाउने निर्देशक समिति बन्ने भएर अध्यादेश नै आइसक्यो त्यसले गर्दा सीसीएमसी खारेज हुने पक्का छ,’ निर्देशक समितिमा रहने मन्त्रालयका एक मन्त्रीले बताए । सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेपछि शुक्रबारबाट लागु हुने गरी सीसीएमसी खारेज हुने भएको हो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया